सुर्खेत, १२ भदौ ।
बृद्ध सेवा केन्द्र सुर्खेतले पुराना मौलिक तीज गीतको संरक्षणका लागि जेष्ठ नागरिक महिलाहरुको सहभागीतात्मक तीज गीत सम्मेलन सम्पन्न भएको छ
६ वटा जेष्ठ नागरिक ६ वटा समुहले भाग लिएको प्रतियोगीतामा वीरेन्द्रनगर ३ कालागाउँका चन्द्र गिरीको समुह प्रथम र वीरेन्द्रनगर १२ नेवारेका अस्सरा गिरीको समुह दितीय भएको छ ।
जेष्ठ नागरिक भएर पनि उत्कृष्ट नाच प्रस्तुत गरेको भन्दै वीरेन्द्रनगरकै ८० वर्षका कौशिला गिरी र कौशिला भटटराईलाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रममा अग्रज कलाकार गंगा केसीले आधुनिकताको नाममा कला संस्कृतिको लोप हुदै गईरहेको वेला पुराना मौलिक तीज गीतको संरक्षणको लागि यस्ता कार्यक्रम हुनु प्रसंशनिय भएको वताउनु भयो ।
कार्यक्रम बृद्ध सेवा केन्द्र सुर्खेतका अध्यक्ष डम्वर आचार्यको सभापतित्व र जेष्ठ नागरिक रुद्रप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।