बद्री पन्त
जाजरकोट १७, भदौ ।
जाजरकोटमा तीजको रौंनक छाएको छ । महिलाहरुको महानचाड हरितालिका तीज नजिकीदै जादा रौंनक छाएको हो । विहीवार जिल्ला सदरमुकाम खलंगामा तीज विशेष कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नाँचेर गरेका थिए । नेपाली हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिज विशेष कार्यक्रमको आयोजना अन्तर पार्टी महिला सञ्जालले गरेको थियो हिन्दु महिलाहरुको महान् पर्वका रुपमा रहेको हरितालिका तिजलाई भद्र वनाउनका लागि औपचारिक रुपमा तिज विशेष कार्यक्रमको आयोजना गरिएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिला सिंह राठौरले वताईन् । अन्तर पार्टी महिला सञ्जालद्धारा आयोजित तिज विशेष कार्यक्रमलाई नाचेर औपचारिक उद्घाटन गरेका प्रजिअ गौतमले तिजलाई धेरै भट्किलो र खर्चिलो हुन नदिन सरोकारवालाहरुले ध्यान दिनु पर्ने वताए ।
अन्तर पार्टी महिला सञ्जालद्धारा आज आयोजित तिज विशेष कार्यक्रममा विभिन्न राजनैतिक पार्टी सम्वन्ध महिलाहरु, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, नागरिक समाज लगाएतका विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो । तिजको ४ दिन अगावै सुरु भएको तिज विशेष कार्यक्रममा तिज प्रतियोगिताको आयोजना गरिको आयोजकले जनाएको छ ।
पृतिसतात्मक नेपाली समाजका विरुद्धको साँस्कृतिक विदामा रहेर सशक्त महिला आवाज वुलन्द गर्ने अवसरका रुपमा तिजलाई लिने गरिएको छ । वर्ष भरिका महिलाका वेदना र पुरुषहरुलाई गरिने खवरदारीलाई तिज गित मार्फत अभिव्यक्त गर्ने गरिएको छ । त्यसैगरी रोकायगाउँको लिम्सा स्थित बीरेन्द्र ऐश्वर्य उच्च माविको प्रागनमा तीज विशेष कार्याक्रम गरिएको बीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले बताए ।