सुर्खेत, भदौ १७ ।
एसओएस वालग्राम सुर्खेतमा तीज विशेष कार्यक्रम गरिएको छ ।
प्रतियोगितामा प्राथमिक तहमा मुना शर्मा प्रथम, सुम्निमा खड्का द्धितीय र स्मृती राना तृतीय भएका छन् ।
यस्तै निमावि तर्फ स्नेहा भारती प्रथम, सुमित्रा न्यौपाने द्धितीय र दिक्षा आउजी तृतीय हुनु भएको छ ।
मावितर्फ अस्मिता गरंजा मगर प्रथम, सिर्जना गाहा द्धितीय र विपना थापा तृतीय भएको एसओएस वालग्रामले जनाएको छ ।
कार्यक्रममा एओएसका निर्देशक मुकुन्दकुमार गरीले तीज समय अनुसार परिवर्तन हुँदै जानु स्वभाविक भएको उल्लेख गदै आनुनिकताको नाममा तीजको मौलिकपना गुम्न दिन नहुने वताउनु भयो ।
हर्मन माइनर विद्यालयका प्राचार्य हिक्मतबहादुर वलीले परम्परा र संस्कृतिलाई जोगाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बालग्रामका सह–निर्देशक सुशिलमणि ज्ञावली, सामाजिक केन्द्रका प्रमुख श्याम क्षेत्री, परामर्शकर्ता निराजन शाही,बालग्रामका आमा प्रतिनिधीहरु लगायत विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो ।