बाढी पीडितको सहयोगार्थ जिस्मको च्यारीटी शो

Jism Posterकृष्ण आचार्य
सुर्खेत,२४ भदौ ।
सुर्खेतका बाढीपीडीतको सहयोगको लागि वीरेन्द्रनगरमा चलचित्र जिस्मको च्यारीटी शो हुने भएको छ ।
आउँदो असोज १ गते शनिवार बीरेन्द्रनगरको लक्ष्मी चलचित्र हलमा च्यारीटी शो हुने आयोजकले बताएका छन ।
राजु गीरी प्रोडक्सनले तयार पारेको चलचित्रमा चर्चित नायिका अर्चना पनेरु र सुर्खेतकै नायक सुरेन्द्र बुढाको मुख्य अभिनय रहेको छ ।
च्यारीटी शो बाट संङकलन भएको रकमको केही प्रतिशत रकम सुर्खेतका बाढीपीतितलाई बितरण गरिने चलचित्रका नायक सुरेन्द्र बुढाले जानकारी दिनुभयो ।
चर्चित नायिका अर्चना पनेरु र नव नायक सुरेन्द्र बुढाले अभियान गरेको चलचित्र जिस्म असार ३१ गते रिलीज भएको थियो ।
तीन महिना अधि रिलिज भएपनि सुर्खेतमा भने पहिलो पटक प्रदर्शन हुन लागेको हो ।
च्यारीटी शो को प्रमोशनको लागि चलिचित्र जिस्मको निर्माता टीम र कलाकारहरु सुर्खेत आइसकेका छन् ।

प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार ०९:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *