मेरो जीत निश्चित छ – टीकाराम चपाई

13731493_1158071394257456_3324143160004203666_nसुर्खेत, ७ असोज ।
लोक तथा दोहोरी प्रतिष्ठान नेपालको भोलीदेखि काठमाडौंमा हुने छैठौं महाधिबेशनको लागि सुर्खेतका टिकाराम चपाईले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नु भएको छ ।
प्रतिष्ठानको अध्यक्षमा प्रथम उपाध्यक्ष चपाईउसहित वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी र वामपन्थी गायक भनेर चिनिने विष्णु खत्री चुनावी मैदानमा उर्तिने भएका छन ।
चपाई करिब ३ दशकदेखि अनवरतरुपमा लोक गीत, संगीत, संस्कृति, र सामाजिक सेवामा क्रियाशील रहनु भएको छ ।
केन्द्रीय अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका चपाई संस्थाको सुर्खेत जिल्ला शाखाका संस्थापक अध्यक्ष, प्रतिष्ठानका केन्द्रीय सदस्य हुदै केन्द्रीय प्रथम उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक बहन गरिसक्नु भएको छ
उहाँले भन्नुभयो ‘वरियतालाई कलाकारले मान्दा हुने थियो नमान्ने देखिएको छ, प्रथम उपाध्यक्षको हैसियत र मैले उपत्यकादेखि जिल्लासम्मको लोक गीतको संरक्षण र प्रवद्र्धनमा खेलेको भूमिका सबैलाई जगजाहेर छ ।
कलाकारहरूको हौसला अनुसार मेरो जीत निश्चित छ ।’ सुर्खेतमा भएका विभिन्न मेला, महोत्सवहरुको अगुवाई गर्दै अन्तर्राष्ट्रिय लोक सांस्कृतिक तथा पर्यटन महोत्सवको नेतृत्व गर्दा होस् या पाचौ राष्ट्रिय महाधिवेशन सबै प्रकारका कार्यक्रमहरुको अगुवाइ गर्दै आइरहेको बताउदै उहाले आफूलाई सवैले माया गरेर विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
साथै राज्यका सबै निकायहरुमा सहजै पहुँच स्थापित गर्न सक्ने, कलाकार एवं यस क्षेत्रलाई माया गर्नेहरु सबैलाई एकताको मालामा उन्दै प्रतिष्ठानलाई कलाकारहरुको संस्था गराउने, सबैको अपनत्व बोध गराउन सक्ने, सांस्कृतिक क्षेत्रका विकृति हटाउदै, विधि र विधानलाई शिरोपर ठानी विधानवादबाट मात्र संस्थालाई चलाउनुपर्छ भनेर नै आफूले अध्यक्षमा उम्मेदवारी दिने चपाईले उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार ०९:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *