बिरलै देखिन्छ श्रम नाच

sharm nacha
केही महिना दैलेख लकान्द्र गाविसको एक विवाहमा श्रम नाच देखाउँदै स्थानीयबासी । पछिल्लो समय नाच लोप हुदै गएको छ । तस्वीर भक्तबहादुर शाही

भक्तबहादुर शाही

दैलेख, ७ असोज ।
कुनै बेला समय थियो । श्रम नाचको । गाउँघरमा कसैको छोरो जन्मियो वा विवाह भयो । दमाहा,ढाल दरबार लागि तीनदिन अगाडी नै गावैभरि तरबार र ढालको खोजी हुन्थ्यो । आधुनिक प्रविधि सँग शहर बजारमा मात्र होइन गाउँका कुनाकाप्चामा सम्म साउण्ड सिस्टम लगायतका मनोरञ्जनात्मक आधुनिक गीतसंगीत भित्रिएपछि पुरानो चलन श्रम नाच विरलै देखिन्छ । विवाह व्रतबन्धन एवं न्वारन र भुवा,भस्सीको मेलामा नाचिने श्रम नाच पछिल्लो समय लोप हुदै गएको छ । बुढापाकाले युवा पिढीलाई श्रम नाचको बारे महत्व बुझाउन नसक्दा र युवाहरु आधुनिक संगिततिर रमाउन थालेपछि श्रम नाच लोप हुदै गएको स्थानीयबासीको बुझाई छ ।
जिल्लाका अन्य ठाउँमा श्रमनाच लोप हुँदा भने दैलेखका केही ग्रामिण भेगमा भने यस नाचलाई विवाह व्रतबन्धनमा फाटफुट देख्न पाईन्छ । श्रम नाचलाई देख्न पाउँदा अधिकाँश बुढापाकाहरुले धित मरुनजेल हेर्न गर्छन । पुरानो चलनमा जति मनोरञ्जन आउँछ । आजभोली गीतमा मलाई त्यही रमाईलो लाग्दैन,तोलीजैसीका लच्छी थापाले बताउनुभयो । श्रम नाच लोप हुदै गएपछि बुढापाकाको आधुनिक गीत संगीततिर चासो केटाकेटी उफ्रि उफ्रि नाच्छन् मलाई रमाइलो लाग्दैन । श्रम नाच देउडाखेलमा बाहेक अन्य रमाइलो हुदैन,उहाँले थप्नुभयो ।
उनको मात्र होइन लकान्द्रका भोटे भण्डारीलाई पनि आधुनिकता खिन्नता ल्याएको कामको बर्वाद हुने उहाँको बुझाई छ ।“आजभोली गीत क्या हुन बुझदैनौं, पुरानो देउडागीत र पुराना चालचलन आफुकन राम्रो लाग्ने गरेको छ” उहाँले भन्नुभयो ।
युवाहरु आधुनिक गीत संगीत तिर उन्मुख भएपनि श्रम नाचलाई संरक्षण गर्न लकान्द्र गाविसमा श्रम नाच संरक्षण समिति र पंचेबाजा संरक्षण समिति गठन गरिएको सोही गाविसका नामबहादुर शाहीले बताउनुभयो । गाउँमा श्रम नाच र विवाह व्रतन्धनमा न्वारनमा बजाइने पञ्चेवाजा देखिन थालेपछि संरक्षणतिर लागेको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७२।०७३ मा बसेको गाउँ परिषदले पनि श्रम नाच ,पञ्चे बाजा संरक्षणका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
दैलेखको पुर्वमा पर्ने पग्नाथ–५ कर्ण खड्काले गाउँमा मागी विवाह भन्दा प्रेम विवाह तिर युवा पिढी लाग्नुले नै पुराना सस्कृति ओझेलमा परेको बताउनुभयो । पहिले मागी विवाह हुन्थ्यो,गाउँमा सल्लाह हुन्थ्यो,श्रम नाच खेल्ने गरिन्थ्यो । अहिलेका केटा केटी भागी विवाह गर्दा पुराना नाच कहिलेकाही मात्र देखिन्छछन् ।युवा,युवतीले प्रेम विवाह गरेर मन्दिरमा विवाहका कारण श्रम नाच र पञ्चेबाजा लोप भएका हुन् उहाँले भन्नुभयो ।
भूवा पर्व र विवाह व्रतन्धनमा खेलिने श्रम नाच प्रेम विवाहका कारणले पनि लोप हुने क्रम बढेको हो । मागी विवाहमा स्थानीयबासीलाई मनोरञ्जन दिनका लागि श्रम नाच खेलिने गरेपछि पछिल्लो समयमा संरक्षण हुन नसक्दा लोप हुने क्रममा रहेको विशाला गाविसका कर्णबहादुर शाहीले जानकारी दिनुभयो । जुम्लाको सिजामा र रास्कोटमा राज चलाउने बेला राजा मलय बर्माले ढाला र तरबारबाट विद्रोहीमाथि विजय हासिल गरेकाले त्यहीबाट नै श्रमनाचलाई उत्सवको रुपमा लिएको पछि शुभारम्भकार्य खेल्ने थालिएको लकान्द्र ८ का नामबहादुर शाहीले जानकारी दिनुभयो । सोही गाविसका शिक्षक पुर्णबहादुर विक भने,पहिलेका पुर्खाले विदेशले नेपालमाथि हमला गरेकाले तरबारबाट देशलाई बचाएकोले उत्सवको रुपमा खेलिने गरेका बताउनुभयो । उहाँले भन्नुभयो,यस श्रमनाचलाई नेपाल सरकाले नै राष्ट्रिय खेलको रुपमा लिई संरक्षण गनुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार ०८:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *