बद्री पन्त
जाजरकोट १६, पुस
जाजरकोटको रमाईलो मेला शनिवार सकिएको छ । सदरमुकाम खलंगामा गत १३ गतेदेखि शुरु भएको उक्त मेला ४ दिन पछि सकिएको हो ।
मेला भर्न जिल्लाबासीका साथै रुकुम, सल्यान, डोल्पा लगाएत जिल्लाका सर्वसाधारण पनि आएका थिए । सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयको हाता भित्र सामाजिक तथा सांस्कृतिक पहिचानको रुपमा ३७ बर्ष देखि संचालन ह“ुदै आएको छ । ब्यापार, कृषि उत्पादन र कला तथा संस्कृतिको प्रबद्र्धन, प्रचार र जगेर्ना गर्न मेलाको आयोजना भएको संयोजक प्रकाश चन्दले बताए । मेला भर्न १० हजार बढी आएको चन्दले बताए । त्यस्तै रमाईलो मेलामा ३ करोडको ब्यापार भएको उनले बताए ।
मेलामा खेलकुद लगाएत गतिविधी संचालन हुनुका साथै चिउरीको कार्तिके मह, बारेकोटका गाभा, ढीमेको सुन्तोला, कुदुका बदाम र तरकारी लगाएतका कृषि उपज विक्री वितरण भएको संयोजक चन्दको भनाई छ । मेलाका कारण होटल बयबशाय बढी फस्टाएको उनले बताए । स्वर्गीय राजा बीरेन्द्रको जन्मदिनको अवसरमा लाग्ने मेलाले निरन्तरता पाएको हो । माओबादी द्वन्दका बेला रोकिएको उक्त मेला लोकतन्त्र प्राप्ती स“गै विभिन्न सा“स्कृतिक महोत्सवका रुपमा लाग्ने गरेको थियो । मेलाको आयोजना गर्न सरोकारवाला निकायले वेवास्ता गरेको चन्दले बताए । परम्पराको रुपमा संचालन हु“दै आएको मेला जिल्ला विकास समिति, भेरीमालिका नगरपालिका, उद्योग वाणिज्य संघ लगाएत निकायले आयोजना गर्नुपर्ने उनले बताए । जिल्ला पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादन तथा कला संस्कृतिको प्रचार प्रसारका लागि बर्षै पिच्छे ब्यबस्थित तवरले मेला लगाउनु पर्ने उनले बताए ।