मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छिन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन्।
चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले मेक्सीकोकी सुन्दरी भेनेषालाई ताज पहिराइन। त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी भइन।
नेपालबाट शृंखला खतिवडाले प्रतिनिधित्व गरेपनि उनी टप १२ बाट बाहिरिइन।
टप १२ मा परेकाहरू
मारिया भेसिलेभिच – बेलारूस
माभेका काउची – फ्रान्स
लिन्जि म्याकलेण्ड – स्कटल्याण्ड
कादिजा राेबिनसन – जमैका
लारिसा सेगरेल – मार्टिनियुक
भेनिसा पाेन्सि डि लियाेन – मेक्सिकाे
साेलारिस बार्बा – पानामा
एन्ना मुरेल्लि रबिना – माैरिसस
क्युन अबिनाक्याे – युगाण्डा
श्रृङ्खला खतिवडा – नेपाल
जेसिका ट्याइसन – न्यूजिल्याण्ड
निकाेलेनी पिचापा लिम्सनुकान – थाइल्याण्ड