नेपाली सेनाको कारण मैले हिनताबाेध महशुस गरेँ: राजेश हमाल

imagesअमरपक्षी’ कार्यक्रमका लागि नेपाल आएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई स्वागत गर्न सेनाका जर्नेल गएकोमा त्यसले सेनाको ‘प्रतिष्ठा घटाउने’ र ‘मनोबल गिराउने’ भनी टिका टिप्पणीकाबिच  नेपाली अभिनेता राजेश हमालले पनि त्यसमा असन्तुष्टि पोखेका छन्।

सैनिक श्रीमती संघ नेपालको आयोजनामा गरेको कार्यक्रममा आएकी सोनाक्षीलाई त्रिभुवन विमानस्थलको आगमन कक्षमा स्वागत गर्न सहायक रथी समीर शाही शुक्रबार पुगेका थिए। उनीसँगै सेनाका अन्य अधिकृतहरू पनि त्यहाँ गएका थिए।

आफ्नो फेसबुकमा कान्तिपुर दैनिकमा आइतबार सो सम्बन्धि प्रकाशित समाचारको फोटो राख्दै हमालले उक्त घटनाले आफू एक नागरिक हुनुको स्वभिमान भताभुङ्ग भएको लेखेका छन्। उनले राष्ट्रका एक कलाकारको रुपमा पनि हिनताबोध महशुस भएको पनि जनाएका छन्।

उनले सोनाक्षीलाई लिन ‘सैनिक पोसाक नलगाई गएको भए हुने’ भन्ने धारणा पनि स्टाटसमा राखेका छन्। उनले लेखेको फेसबुकको सम्पादित नेपाली अंश यस्तो छ:

नेपाली सेना: देशको गौरव…… तर

जब मैले समाचार पढे नागरिकका हिसाबमा मेरो स्वाभिमान भताभूङ्ग भएको छ। देशको एक विनित कलाकारका रूपमा मैले अपमानित महशुस गरे…. यदि उनीहरूलाई विदेश आएका कलाकारलाई स्वागत नै गर्नु थियो त, उनीहरूले त्यो सादा पोसाकमा गर्न सक्थे।

प्रकाशित मितिः ३ जेष्ठ २०७३, सोमबार ०८:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *