चौरजहारी महोत्सवको रौनक

बद्री पन्त
पश्चि रुकुम ११, फागुन ।
पश्चिम रुकुम चौरजहारी उद्योग बाणिज्यसंघ चौरजहारीले आयोजना गरेको प्रथम बृहत चौरजहारी महोत्सवको चौथो दिन ३ हजार दर्शकले मेला अबलोकन गरेका छन् ।
रुकुम पश्चिमको कृर्षी , कला साँस्कृतीको संरक्षण, उद्योग ब्यापारसँगै पर्यटन प्रबद्र्धन भन्ने मूल नाराका साथ आयोजना गरीएको उक्त महोत्सव अबलोकन गर्ने दर्शकको संख्या बढ्दै गएको आयोजकले जानकारी दिएका छन ।


महोत्सवको चौथो दिन चर्चित कलाकार भूमिका गिरी, अमित परीयार, पूर्ण चन्द्र केसी लगायतका स्थानीय कलाकारले प्रस्तुती देखाएका थिए । महोत्सव आयोजक समितीका साँस्कृतीक संयोजक सन्तोष ओलीका अनुसार ५ औं दिन कुलेन्द्र बिश्वकर्मा, सन्ध्या बुढा (काउली बुढी) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दमदार प्रस्तुती साथै गजल, मुक्तक बाचन लगाएतका कार्यक्रम रहने आयोजक समितिका सदस्य तेजबहादुर बिष्टले जानकारी दिनुभयो ।
फागुन ७ गतेदेखि सुरु भएको उक्त महोत्सव आगामी फागुन १७ गतेसम्म जारी रहने र ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकले जनाएका छन ।

प्रकाशित मितिः ११ फाल्गुन २०७५, शनिबार ०७:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *