‘हर स्टोरी ‘माथी बहस

 लक्ष्मी पौडेल अनुरागी

सुर्खेत १५ फागुन ।

बुधबार एकाउन्टिबिलिटि ल्याबको आयोजना र तन्नेरी चासो सुर्खेतको समन्वयमा ‘हर स्टोरी स्क्रिनिङ तथा प्यानल डिस्कसन कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा हालको परिस्थितिमा महिलाका समस्या चुनौति र अवसर तथा बास्तविकतामा आधारित छ वटा सट मुभि देखाएर तिनैमाथि छलफल र बहस तथा समाधानको बाटोमाथि बहस गरिएको छ । सम्बन्धित सबैलाइ राखेर समस्या समाधान सम्बन्धि गरिएको यस्तो बहस सुर्खेतमै पहिलोपटक हो ।

कार्यक्रममा चार जना बहसकर्ताहरु वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक रेशम विष्ट , प्रेस चौतारी नेपालका केन्द्रिय सचिव टिका विष्ट र वीरेन्द्रनगर नगरपालिकाका सिनियर अनमिलाई राखिएको थियो । कार्यक्रममा महिला जनप्रतिनिधी, महिला पत्रकार, युवा महिला लगाएत करिब ६५ जना भन्दा बढि को सहभागिता भएको थियो । कार्यक्रममा विदेशिनुपर्ने महिलाको बाध्यता , तेस्रो लिङगिप्रतिको समाजको नजर , दलित तथा अन्य समुदायको प्रतिनिधित्वमा प्रश्न , समाजमा विभिन्न रोग लागेका र विभेद हुनुपर्नेको बाध्यता , महिला महिनावारी र गर्भवती हुदाँ सामिजिक संस्कारले पारेको असर , महिला जनप्रतिनिधीको बाध्यता र चुनौती लगाएतसंग सम्बन्धित मुभिहरु प्रदर्शन गरेर तिनको कारण तथा समाधानमा के गर्नुपर्छ र के गर्न सकिन्छ भन्नेबारे बहस भएको छ ।

 विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले परम्परागत कु प्रथा र कुसंस्कार हामिले चाहेर पनि रोक्न नसकेको बताएकि छन । उपप्रमुख ढकालले हामि हाम्रा महिला जनप्रतिनिधिहरुलाई सबैले सहयोग गर्नुपर्ने र त्यसपछी सफलता र समृद्वी हासिल गर्न सकिने बताएकि छिन । जनप्रतिनिधी महिलाहरुले अझैपनि गृहणी र जनप्रतिनिधी दोहोरो जिम्मेवारी पुरा गर्नुपरेको बाध्यता रहेको ढकालले बताइन । सबैले स्वदेशमै श्रम गर्ने बाताबरण सिर्जना गर्न सके महिलाहरुलाई सहज हुने बताईन । साथै फरक प्रसंगमा उपप्रमुख ढकालले जनप्रतिनिधीले भौतिक काम नभइ कानुन निर्माण गर्नुपर्ने मुख्य कुरा भएको दावि गरिन । यस्तै कार्यक्रममा बोल्दै महिला पत्रकार एवं प्रेस चौतारी नेपालकी केन्द्रिय सचिव टिका विष्टले सबैले आआफ्नो क्षेत्रमा सहज प्रतिनिधित्व गर्नुपर्ने बताएकि छन । विष्टले महिला तथा दलितको जुन रुपमा प्रतिनिधित्व हुनुपर्ने हो त्यो नभएको बताएकि छन ।

 प्रदर्शन गरिएको महिला जनप्रतिनिधीले आफु निर्वाचनमा जान श्रिमानले गालि गरेको र नाम राखिदिएर चुनाव जितिसकेपछी बल्ल थाहा पाएको भिडियोमाथि बहस गर्दै विष्टले आरक्षणले सुनिच्श्तितता गरेकोले मात्रै यो समंभव भएको र यस्तो समस्यामा रहेका महिलालाइ सबैको सहयोगमा नेतृत्व गर्न सक्षम बनाउन सकिने जिकिर गरिन । ” हामिले भान्सादेखी नितिनिर्माण गर्दासम्म पुग्नुपर्ने ?त्यो हामिलाइ सहज छैन ” विष्टले भनिन ।

 वीरेन्द्रनगर नगरपालिकाका सिनिएर अनमी सिता शर्माले कार्यक्रममा प्रदर्शन गरिएको ‘ गर्भवती भएकि महिलालाई कर्मचारी नराखिएको भिडियोको बारेमा बोल्दै त्यो पर्क्रियामा महिला नै हुन्थ्यो भने पिडा बुझ्न सक्ने बताइन । शर्माले महिला जनप्रतिनिधी भएपछी महिला सबै क्षेत्रमा हुन सहज हुने बताइन । शर्माले सामिजिक कुप्रथाहरु लहै लहैमा लागेर पनि हुने गरेको बताइन । यस्तै कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक रेशम विष्टले समाजले महिलालाइ आइमाइ भनेर हेपेको बताए । “एउटि महिला जन्मिन्छे र त्यसलाई साजिक प्रचलनले आइमाई बनाउछ , त्यसैले सामाजिक सोच र समाज परिवर्तन गर्न जरुरी रहेको छ ” विष्टले भने । कार्यक्रममा सहभागिहरुले छोरी का लागि छोरी अभियान चलाउनुपर्ने बताएका छन । सहभागिहरुले महिला पछाडि पर्नुमा आफु परिवर्तन नभएर भएको बताएका छन । त्यसैले परिवर्तनको लागि आफु र परिवारबाट सुरु गर्नुपर्ने सहभागिहरुको निचोड छ ।

प्रकाशित मितिः १५ फाल्गुन २०७५, बुधबार २२:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *