पन्चेबाजा संरक्षणमा नलगाड नगरपालिका

जाजरकोट, २२ चैत्र ।
नलगाड नगरपालिका २ ले पंचेबाजा संरक्षणको लागि तालिम दिएको छ । नेपाली पहिचान झल्काउने बाजाहरु जोगाउन स्थानीयलाई हप्ता दिनको तालिम दिइएको नगरपालिकाका प्रवक्ता राममाया हमालले बताइन ।
१५ जनाको सहभागीता रहेको तालिममा दमाहा, झ्याली, सुहनाइ ,मुरलीलगायतका अन्य बाजाहरु बजाउने कला सिकाइएको पनि उनले बताइन् ।


तालिममा प्रशिक्षण सगुन परियारलगायतले दिएका थिए । लोक सांस्कृति र पहिचानको जगेर्ना गर्न पन्चेबाजाको संरक्षणको पहल गरेको नगरपालिकाकी उप मेयर वालकुमारी बस्नेतले बताइन् ।
यस्तै वडाध्यक्ष राम कुमार जैसीले तालिमले परम्परागत कला संस्कृति संरक्षणमा टेवा पुग्ने बताए ।
तालिमका सहभागीहरुले आफुले सिकेको ज्ञानलाई नयाँ पीडिका युवा युवतीलाई सिकाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः २२ चैत्र २०७५, शुक्रबार ०६:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *