बीरेन्द्रनगरमा आर्कषक पार्क

सुर्खेत, ३१ बैसाख ।
सुर्खेतको बीरेन्द्रनगरमा चौघान पार्क निर्माण हुने भएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले पार्कको डिजाईन बनाएपछि पार्क निर्माण हुने भएको हो ।


सामाजिक विकास मन्त्रालय नजिकैको खाली चौरमा पार्क बन्ने नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोइरालाले बताए । उनले वीरेन्द्रनगरलाई सुन्दर र रमणिय सहर बनाउन चौघान पार्क निर्माण गर्न लागेको उल्लेख गरे ।
अध्यक्ष कोइरालाले सर्खेत बजारलाई पहिले चौघान भनिने भएकाले त्यसको पहिचानका लागि चौघान पार्क राखिएको बताए । उनले पार्क निर्माणको काम चाडै सुरु हुने समेत उल्लेख गरे ।
करिव २० करोड ८० लाख रकम रुपैया खर्च लाग्ने पार्कको डिजाइन आर्किटेक्ट इन्जिनियर पल्लवी सिंहले गरेकी हुन । पार्कको डिजाइनमा पार्क भित्र बालबालिकादेखि बृद्धबृद्धासम्मको लागि मनोरन्जनका सामग्री राखिने छ ।
पार्क निर्माणको लागि सोमवार समितिले विभिन्न व्यक्तिसँग सल्लाह सुझाव लिएको छ । उक्त कार्यक्रमका सहभागीले पार्कमा स्थानीय भेषभुषा भल्कने सामाग्री राख्न सुझाएका छन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुबेदीले चौघान पार्क नेपालमै नमुना पार्क बन्ने दावी गरे ।

प्रकाशित मितिः ३१ बैशाख २०७६, मंगलवार १२:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *