माया घर्ती
जाजरकोट, १४ साउन ।
जाजरकोटको खलंगामा यही साउन १८ गते स्वतन्त्र खुल्ला गजल प्रतियोगीता हुने भएको छ । कुशे गाउँपालिकाको आर्थिक सहयोगमा जाजरकोटी साहित्यक आवाज परिवारले प्रतियोगीता आयोजना गर्न लागेको हो ।
प्रयोगीतामा पहिलो हुनेले पाँच हजार, दोस्रोले ३ हजार र तेस्रोले दुई हजार पुरस्कार पाउँनेछन् । जाजरकोटको साहित्यलाई संरक्षण र सम्वद्र्धन गर्नको लागि गजल प्रतियोगीता आयोजना गर्न लागिएको बताएका छ ।