के हो हाम्रो देश ?

हेमन्त रावल

शान्तिका दुत गौतम बुद्धले पाइला टेकेको हो हाम्रो देश
स्वतन्त्रता र सभ्यताको पहिचान बोकेको हो हाम्रो देश
वीर नेपालीहरुले ज्यानको बाजी राखी प्राप्त गरेको हो हाम्रो देश
सर्वोच्व शिखर सगरमाथाको नामले परिचित भएको हाम्रो देश
बहुलजाती , भाषा धर्म र विविध सस्कृतले भरिएको हाम्रो देश
पुर्वमा टिस्टा र पश्चिमा काँगडासम्म फैलिएर रहेकोे हाम्रो देश
राणाशासन, पन्चायत, राजतन्त्र, लोकतन्त्रहुदै संघीयतामा पुगेको हाम्रो देश
अहिलेसम्म कसैलाई पनि मृत्यु दण्ड्को सजाय नदिएको हाम्रो देश
जलस्रोतमा विश्वकै दोस्रो धनी हाम्रो देश
रमणीय र सुन्दर हिमालहरुले सजिएको हाम्रो देश
अहिलेसम्म कसैको अधिनमा नगएको हाम्रो देश
किन आज
अशान्ति र हुलदङगातिर लाग्दैछ ?
किन आज
फोहोर राजनीतिको डङगुरमा फस्दैछ ?
किन आज
सिमा मिचिदापनि मौन छ …….???? (स्वास्थ्य चौकी लहँमा कार्यरत रावल स्वास्थ्यकर्मी हुनुहुन्छ ) 

प्रकाशित मितिः १४ मंसिर २०७६, शनिबार ०५:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *