
धेरै इतिहास पढेको तिमिले आज मेरो हिजो लाई सुनिदेउ
धेरै अस्ति भन्दा अझै पहिले को हिजो मा तिम्रा बुवा मेरो सिंदुर संगै केहि सपनालाई सती लिएर चिता संगै जलेर गए ,
गर्भमा तिमि थियौं सम्झना भरी तिम्रा बुवा हुन्थे
आगनमा उनको हासिरहेको फोटो मा रुदै माला चढाएर श्रद्धाञ्जली दिनेको घुइँचो हुन्थ्यो
आफु भित्र जिवितै रहेका उनलाई मृत घोषित गरि श्रद्धाञ्जली दिदा म पटक पटक आफ्नो मृत्युलाई नजिक बाट नियाल्थे भित्रभित्रै तर म भित्र धड्किने तिम्रो मुटुले मलाई सधैं बचाइ राख्यो
तिमिले यस धर्तीमा पाइला टेक्दा म फेरी रंगिन भएकी थिए
महिनौं देखि पसिनाले मात्रै रङ्गगाएको सेतो सारी तिमि आउदा रक्ताम्य थियो फेरी मैले रातो सारी लगाउने सौभाग्य पाए
आफ्नै रगतले पोतेको खुशी पहिरने सौभाग्य पाए
मृत्युुले पनि निहुँरिएर प्रवेश गर्नु पर्ने सानो झुपडी भित्र मैले तिम्रा लागि धेरै ठुला सपना देख्थे धेरै ठुला सपना ,
च्यात्तिएको चोलोको गोजि भरी तिम्रा लागी भनेर खुशी जम्मा पार्थे
तिमिलाइ नयाँ झोला भरी खुशी बोक्न मिलोस भनी म पुरानो डोको भरी जिम्मेवारी बोक्थे
तिमि बिधुवाको सन्तान हौं तर तिम्रो जिवनमा सबै रङ्ग पोत्न चाहन्थे किनकी आमा कहिल्यै बिधुवा हुदिनन आमा त आमा हुन्छिन् म जस्तै
आज तिमि ठुलो भैसक्यौ म ठुलो मान्छे कि आमा भाकी छु तर म ठुलो मान्छे कि आमा हु भनेर म बाहेक अरुलाइ थाहा छैन सायद तिमिलाइ पनि
छोरा आजकल गाउँका बाटो हरु फराकिला भएकाछन तर तिमि त्यो बाटो हिंड्नै छाडेपछि मन साघुरो भएको छ ,
पैतल हिडे भन्दा कम समय लाग्छ रे त बाबु गाडीमा आउन खै तिमि त आजकल झनै ढिलो आउन थाल्यौं पहिले महिनौं आउथ्यौ अहिले बर्षबितिसक्दा पनि आएनौ
तिमिले तोते बोलिमा आमा भनेर बोलाउदा निकै खुशी लाग्थ्यो छोरा अझै सम्झन्छु तिम्रो तोते बोलि
राम्ररी बोल्न जानेछी त तिमिले आमा भनेको नि याद छैन
तिम्री निरक्षर आमालाई तिमि जन्मिएको मिति याद छैन तर मिति बाहेक अरु बिर्सने अनुमती मलाई मेरो मातृत्व ले दिदैन
मैले देखेका ठुला सपना नै आज हामी बिचका ठुला पर्खाल भएझै लाग्छ
तर पनि खुशी नै छु गाउँमा छोरा काममा ब्यस्त भएर मलाई सम्झिन फुर्सद नभएको हो रे भन्ने सौभाग्य मलाई तिम्रा सफलता ले दिएका छन्
तिमिलाई ठुलो मान्छे बनाउन चाहन्थे तिमि बन्यौ पनि तर ठुलो मान्छे लाई छोरा बनाउन सायद मैले जानिन
गुनासो त होइन छोरा तर दुख लाग्छ घरीघरी मृत लोग्ने अनि जिउँदो छोरा दुबैका याद मात्रै घरभित्र आउछन् अनि उनिहरु आगनसम्म पनि आउदैन भनी
सिंदुर त दैबले खोस्यो तर सन्तान खै किन फर्किएन ?
दिनहुुँ देख्छु छोरा म तिम्रो सपना अनि खुशी लाग्छ आफु निदाएको मा
अब सधैंलाई निदाएछु भने मलाई थाहा छ दशै मनाउन नफर्केको तिमि शोक मनाउन फर्कने छौँ
मैले कोख अनि काख दिए तिमिले चिता दिनेछौं दागबत्ती दिनेछौं
मेरो लागि भनेर बगेका तिम्रा आसुले मलाई निकै पिडा हुनेछ भलै स्वास नहोला शरीरभित्र तर मुटु त लास भित्र पनि हुन्छ नि
अनि तिम्रो पुत्रधर्म सम्पन्न हुनेछ तर मेरो लागी तिमिले गरेको सबैभन्दा ठुलो कर्म हेर्न म हुनेछैन
तिमि जीवनमा अझै सफल हुनु छोरा तिम्री जननी को तिमिलाई शुभकामना
उनको फेसबुकबाट (सिंह सुर्खेतमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी हुन् )