हर्मन माइनरमा विद्यार्थीका लागि कविता थेरापी

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले विद्यार्थीको लागि कविता थेरापी आयोजना गरेको छ ।  कवि नवराज पराजुलीले जीवन, जगतसँग सम्वन्धित विभिन्न कविताहरु बचन गरेका थिए ।
उनले कविता मार्फत मानव समुदायलाई सही मार्ग दिन बलियो इच्छाशक्ति राखेर अघि बढ्न पनि विद्यार्थीलार्य सुझाव दिएका छन् ।
आफुले बाल्यकाल भोगेको अभाव, पाएको दुखको स्मरण गदै उनले निराश नभई अघि बढेमा उच्च सफलता हासिल गर्न सकिने बताए ।

कसैले गर्न सकेको छैन भन्दै हिम्मत हारेर नबस्न पनि उनले विद्यार्थीलाई उत्प्रेरित गरे । कवि पराजुलीले आफ्नो जीवनका सङ्घर्षपूर्ण दृष्टान्त सुनाउँदा दर्शक भावुक बनेका थिए ।
३०० विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य जगदीश ढकालले विद्यार्थीहरूले आफ्नो लक्ष्यमा सकारात्मक भई लाग्न सफलता हासिल गर्न सकिने बताए ।
उनले विद्यार्थीलार्य सृजनशील कार्यमा लाग्न र समाजमा उदाहरणिय काम गर्न पनि सुझाव दिए ।
एसओएस बालग्रामका निर्देशक मुकुन्द कुमार गिरीले कविता थेरापीले विद्यार्थीमा अघि बढ्न हौसला दिएको बताए । कार्यक्रमले आफ्नो अपेक्षाभन्दा उच्च सफलता हासिल गरेको भन्दै उनले सवैलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा कक्षा ११मा अध्ययनरत अर्जुन आचार्यले आफ्ना तीनवटा कविता वाचन गरेका थिए ।  कार्यक्रम विद्यालयका शिक्षक तथा गजलकार महेन्द्र चन्द महासागरले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः १४ फाल्गुन २०७६, बुधबार ०६:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *