कालिकोट, जेठ ९ – बिहीबार बेलुका कालिकोटको कोटवाडा–५ को गेजबजारमा पहिरो जाँदा बेपत्ता भएका रकु–१ का ५२ वर्षका मनिराम जैसीको शव प्रहरीले फेला पारेको छ ।
जैसीको शव प्रहरीले दैलेखको साइखोला भन्ने स्थानमा फेला पारेको डिएसपी किसनसिंह बढुवालले बताउनुभयो । योसँगै पहिरोमा परि ज्यान जानेको संख्या पाँच पुगेको छ ।यसअघि नै चार जनाको ज्यान गएको पुष्टि भएको थियो । स्युना–१ का ६० वर्षका सञ्जिते टमटा र बाजुरा गोत्री–४ का २ महिनाका अभिसेक सार्की बेपत्ता छन् । पहिरोमा परि १२ जना घाइते छन् । घाइते मध्ये तीन जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।