कालिकोट १४, असार ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले कणाली रोजगार कार्यक्रम कलिकोटका इन्जिनियर जनक रोकायलाई कालोमोसो दलेका छन ।
कणाली रोजगार कार्यक्रममा कमिसन खाएको आरोप लगाउदै उनीहरुले इन्जिनियर रोकायलाई कालोमोसो दलेको विज्ञप्ती मार्फत जनाएका छन ।
कोठाबाट कार्यलय तर्फ जँदै गर्दा जिल्ला प्रशासन कार्यलय नजिक इन्जिनियर रोकायलाई कालोमोसो दलेर हातपात गरेको प्रहरीले जनाएको छ ।
इन्जिनियर रोकायले भने आफुसगँ माओबादी कार्यकर्ताले १ लाख चन्दा मागेको र नदिए पछि हातपात गरिएको बताए । कर्मचारी ट्रेड युनियन आबद्ध संघसंगठनहरुले विज्ञप्ती जारी गदै कानुन हातमा लिएर गरिएको कारवाहीको निन्दा गरेका छन ।
प्रमुख जिल्ला अधिकरी कृष्ण बहादुर खड्काले कालोमोसो दल्ने समुहका नाइके कर्ण भण्डारीलाई पक्राउ गरिएको र कडा कारबाही गर्ने चेतावनी दिएका छन ।