क्यान्सर पीडित वालिकालाई सासंद राजीव विक्रम शाहद्वारा सहयोग

सुर्खेत, १० भदौ ।
जाजरकोटका सासंद राजीव विक्रम शाहले काठमाडौमा उपचार गरिरहेकी कालिकोटकी ४ बर्षिय वालिकाको उपचारको लागि आर्थिक सहयोग गर्नु भएको छ ।
कान्ति वाल अस्पतालमा आँखाको क्यान्सरको उपचार गरिरहेकी वालिका मनसरा लोहारको उपचारका लागि सासंद शाहले २५ हजार रुपैया सहयोग गर्नु भएको हो । मनसरा बचाऊ अभियानमा साथ दिदै उहाँले वालिकाको उपचारको लागि सहयोग गरेको बताउनु भयो ।
सासदको हैसियतले पाउने रमक मध्ये २५ हजार रुपैया कान्ति वाल अस्पतालमा उपाचाररत लोहारलाई सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सासंद शाहले २५ हजार रुपैयोको चेक वालिकाका मनसरा बचाउ अभियान संचालन गरिरहेका आफन्तलाई हस्तान्तरण गर्नु भएको छ । कालिकोट रास्कोट नगरपालिका ७ कि मनसराको दुई वर्षअघि कुलोमा लडेर आँखामा चोट लागेको थियो ।
समयमै उपचार नहुँदा उनको दाहिने आँखामा क्यान्सर भएको थियो । उनको आँखामा ५ सय ग्राम बढी तौलकोको मासुको डल्लो देखिएको थियो ।

 

प्रकाशित मितिः १० भाद्र २०७४, शनिबार ०१:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *