कर्णाली प्रदेश सरकारले कालिकोटका अग्नी पीडितको घर बनाइदिने

सुर्खेत, १४ पुष ।
कर्णाली प्रदेश सरकारले कालिकोटका अग्नी पीडितहरुलाई घर निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकारले घर निर्माणको लागि प्रतिपरिवार पाँच लाख रुपैया आर्थिक सहयोग गर्ने भएको हो ।
शनिवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अग्नी पीडित परिवार पुर्नस्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताइन । सरकारका प्रवक्त समेत रहेकी मन्त्री केसीले अग्नी पीडितलाई सहयोग गर्न चाहने संघसंस्था र व्यक्तिसँग आवस्यक समन्वय गरेर सहयोगको वातावरण बनाउने पनि उल्लेख गरिन ।

तस्वीर मन्त्री परिषदका निर्णय सार्वजनिक गदै प्रदेश सरकारका प्रवक्ता विमला केसी ।

अग्नी पीडित कोष स्थापना गर्ने र कार्यविधी बनाएर पीडितलाई सहयोग गर्न चाहने सहयोगी दातालाई सहयोगको लागि अपिल उनले बताइन् । घर बनाउनको लागि प्रदेश सरकारले आफ्नै कोषबाट रकम दिने र केही रकम पीडितले पनि खर्च गर्नुपर्ने बताएको छ ।
पुष ८ गते कालिकोटको पलता गाउँपालिका १ न्यौपानेखाडामा भएको आगलागीबाट ४ करोड ३५ लाख बरावरको क्षेती भएको प्रदेश सरकारले बताएको छ । पीडितहरुलाई प्रदेश सरकारको तर्फबाट तत्काल प्रतिपरिवार २० हजार नगद र अरु आवश्यक राहात सामाग्री दिइसकेको छ ।
यस्तै प्रदेश सरकारको ३२ औ बैठकले प्रदेश अस्पतालसहित कर्णाली प्रदेशका १३ वटा अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा बीरेन्द्रनगर ४ भैरवस्थानका श्यामलाल कँडेल र सदस्यमा बीरेन्द्रनगर १० कि हरिमाया शर्मा मनोनित भएकी छन । प्रदेश सरकारले अग्नी पीडितलाई सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्थालाई धन्यवाद दिनुको साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रकाशित मितिः १४ पुष २०७५, शनिबार १०:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *