कालिकोट १७, बैसाख ।
कालिकोटको पचालझरना गाउँपालिकामा भएको निुशल्क स्वास्थ्य शिविरमा एक हजार भन्द बढीले सेवा लिएका छन् । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काको नेतृत्वमा बैसाख १३ देखि १५ गतेसम्म भएको पचालझरना गाउँपालिकाकाको जारकोटमा निशुल्क शिविर भएको थियो ।
प्रदेश अस्पताल सुर्खेत, विंग्श फाउण्डेसन, नेपाल बालपोलि क्लिनिक र नेपाल अर्वुद्ध रोग निवारण संस्थाको प्राविधिक सहयोगमा पचालझरना गाउँपालिकाले निशुल्क शिविर आयोजना गरेको थियो ।
शिविरमा सेवा लिएका अधिकाश महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको प्रदेश अस्पतालका बालरोग विशवेषज्ञ डा. नवराज केसीले बताए । अधिकाशमा पोषणयुक्त खानाको अभाव, धुम्रपानको प्रयोगको कारणले रोगी भएको देखिएको पनि उनले बताए ।
शिविरमा सेवा लिन आएका केही पाठेघर खसेका, पाठेघरमा मासु पलाएका महिला र हर्निया भएका बालबालिकालाई अप्रेसनको प्रदेश अस्पतालमा रेफर गरिएको डा. खड्काले जानकारी दिए ।
आर्थिक अभावको कारण उपचार गर्न नसकेका बिरामीले आगनमै निशुल्क उपचार पाएपछि निकै खुसी भएको शिविर संचालनको लागि पहल गरेका माउण्टेन टेलिभिजनका कर्णाली प्रदेश प्रमुख विवस कुमार सेजुवालले बताए ।
शिविरमा आएर धेरै जनाले स्वास्थ्य सेवा लिदा आफुलाई खुशी लागेको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले बताए । उनले पचालझरना जस्तो दुर्गम गाउँपालिकामा आएर गरिव जनताको निशुल्क सेवा दिएकोमा डाक्टरलगायत स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद समेत दिए ।
मेडिकल सुपरिटेन्डेन्ट डा खड्का, बालरोग विशेषज्ञ डा. नवराज केसी मेडिकल अधिकृत डा. याम प्रसाद शर्माले विरामीलाई जाँच गरेका थिए ।
शिविरमा जाँच गराएर समस्या देखिएका महिलाहरुलाई प्रदेश अस्पतालले निशुल्क उपचार गर्ने सुपरिटेन्डेन्ट डा. खड्काले बताए ।
शिविरमा ३० वर्षदेखि माथिका सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको लागि नमुना संकलन गरिएको थियो ।
विज्ञेषज्ञ सेवाको पहुँचबाट टाढा रहेका दुर्गम गाँउमा प्रदेश अस्पताल, वाल पोलि क्लिनिक, अर्वुदरोग निवारण संस्था र विंग्श फाउण्डेसनले निशिल्क स्वास्थ्य शिविर संचालन गदै आएका छन् । यस अघि जाजरकोटको नलगाड नगरपालिका ३ कैनामा निशुल्क शिविर गरिएको थियो ।
शिविरमा पचालझरना गाउँपालिकाका तीन वटा माध्यामिक विद्यालयलाई पानी शुद्ध गर्ने मेसिन समेत निशुल्क प्रदान गरिएको थियो । उक्त मेसिनहरु पर्यटन विद् विशु सिजालीले प्रदान गरेका हुन ।