नलगाड वडा नम्वर ८ द्वारा विपन्नलाई खाद्यान्न सहयोग

जाजरकोट नलगाड नगरपालिका वडा नम्वर ८ ले गरिव तथा विपन्न परिवारलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य समाग्री वितरण गरेको छ ।  ३० केजी चामल, ३ किलो दाल, नुन र चिनी २-२ केजी र २ पोका तेल राहात स्वरुप वितरण गरिएको वडासचिव ठकेन्द्र गिरीले बताए ।

खाद्यान्नलगायतका दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गदै वडाध्यक्ष गोविन्द शाही । तस्वीर ठगेन्द्र गिरी

लक डाउनको समय अवधि लम्विदै गएकोले मजदुरी गरेर साँझ विहानको छाक टादै आएका परिवारलाई समस्या भएकोले उनीहरुलाई खाद्यान्न उपलब्ध गराएको वडाध्यक्ष गोविन्द शाहीले बताए ।

खाद्यान्नलगायतका दैनिक उपभोग्य सामाग्री लिन आएका विपन्न वडाबासी । तस्वीर ठगेन्द्र गिरी

दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेपछि गाउँका गरिव तथा विपन्न परिवारलाई दैनिक गुजरा चलाउन निकै समस्या पर्न थालेको पनि उनले बताए । लक डाउनले गर्दा कमाउन विदेश, कालापार सहरबजारतिर जान र दैनिक गुजरा चलाउन पनि मस्किल हुन थालेको गाउँलेहरु बताउँछन् ।

वडाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न टोलमा जनचेतनामुलक अभियानहरु पनि संचालन गरिरहेको वडा सचिव गिरीले बताए ।

प्रकाशित मितिः २८ चैत्र २०७६, शुक्रबार ०७:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *