गणेशजलको सुविधा, अब खाताबाटै बैंकमा रकम ‘ट्रान्सफर’

बीरेन्द्रनगरमा रहेको गणेशजल बहुउदेश्यीय सहकारी संस्था सुर्खेतले सहकारीको खाताबाटै बैंकमा रकम पठाउने सुविधा थपेको छ ।
नयाँ नयाँ प्रविधि भित्राउँदै सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले नयाँ सेवा सुरु गरेको छ । संस्थाका सदस्यहरु सरल, सहज र सुरक्षित तबरबाट सेवा लिन सहयोग पुगेको बताउँछन् ।
सदस्यले आफ्नो खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विना झनझट् घरमै बसि रकम ट्रान्सफर गर्न सक्ने संस्थाका अध्यक्ष प्रेमकुमार विसीले बताए ।


यो सुविधा पश्चिम नेपालमै पहिलो पटक गणेशजल सहकारीले सुरुवात गरेकोे पनि उनले दावी गरे ।
‘प्रविधि मार्फत हुने कारोबारलाई  गणेशजलले विगत देखिनै प्राथमिता दिदैं आएका छौ उनले भने, सोही क्रममा सदस्यलाई थप नयाँ सेवा सुरु गरेका हौं ।
सदस्यहरु बैंकमा लाईन लागेर घण्टौ समय बवार्द भएको, कतिपयले बैक जाने कर्मचारी नै नराखेको अवस्थमा यो सेवाले घरमै बसेर सम्र्पुण कारोबार गर्न सकिने, समयको पनि बचतसँगै कारोवारो पनि सुरक्षित हुने विसीले बताए ।
सदस्यहरुले गणेशजल स्मार्ट एप र ई–बैंकिङ मार्फत यो सुविधा लिन सक्नेछन ।
सदस्यहरुले आफ्नो खाताबाटै विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने उनको भनाई छ ।
साथै सदस्यहरु घरमै बसेर संस्थामा आफ्नो शेयर रकम, चल्ती, आवधिक, मासिक, मुद्धति लगायतका विवरण हर्ने सकिनेछ, एक सदस्यवाट अर्को सदस्यमा रकम ट्रान्फर, ब्यालेन्स जानकारी, बचत र कर्जाको विवरण हेर्न, मोवाईल, लेण्डलाईन, एडिसिएल, ईन्टरनेट, डिस होम, सिम टिभि, मेरो टिभिको विल तिर्न सक्छन् ।
यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, नेपालभरका बैक, तथा वित्तिय संस्थाहरुको क्यु आरमा भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सकिने छ ।
त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्न सकिन्छ ।
साथै संस्थाले संचालन गरेको मिस्डकल बैकिङ्ग सेवा सदस्यको लागि अति उपयोगी भएको छ । सदस्यले आफुले संस्थाले दिएको मोवाईल नम्वरवाट ऐच्छिक बचत वारे जानकारी लिन ९८२२५८०००५ र रु. १०० को रिचार्ज गर्न ९८२२५९०००५ मा एक पटक मिस्डकल गर्नुपर्ने संस्थाका प्रवन्धक रंगा बहादुर सिंहले जानकारी दिए ।
संस्थाका झण्डै २ हजार सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन ।

प्रकाशित मितिः २१ बैशाख २०७७, आईतवार १६:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *