छिताराम प्रतिष्ठानद्धारा स्वास्थ्य सामाग्री सहयोग

सामाजिक क्षेत्रमा क्रियाशिल छिताराम स्मृति प्रतिष्ठान जाजरकोटले नगलगाड नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा हातेमालो गदै प्रतिष्ठानले नलगाडबासीको लागि माक्स, सेनिटाइजर, व्यक्तिगत सुरक्षा सामाग्रीका साथै पंञ्जा सहयोग गरेको जनाएको छ ।


करिव ४७ हजार रुपैयाको उक्त स्वास्थ्य सामाग्री नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावललाई हस्तान्तरण गरिएको प्रतिष्ठानकी अध्यक्ष लक्ष्मी विसीले बताइन् ।
स्थापना कालदेखि नै सामाजिक क्षेत्रका काम गदै आएको प्रतिष्ठान जाजरकोटकै प्रतिष्ठीत व्यवसाय स्वर्गिय छिताराम सुनारको स्मृतिमा स्थापना गरिएको हो ।
जाजरकोटकै रिम्नामा स्वर्गिय छितारामको अर्धकदको शालिक पनि राखिएको छ ।

प्रकाशित मितिः २५ बैशाख २०७७, बिहीबार १३:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *