पूर्वमन्त्री थानीद्वारा आर्थिक सहयोग

कोरोना महामारी विरुद्धको अभियानमा स्थानीय तहलाई साथ दिै उनले स्वास्थ्य सामाग्री सहित आर्थिक सहयोग गरेको स्थानीय तहका प्रमुखहरुले बताए ।


पूर्वमन्त्री थानी, काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, युवा नेता नारायण कोइराला लगायतले मास्क, सेनिटाईजर, सावुन लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
सम्बन्धित स्थानिय तहलाई थोरै भएपनि सहयोग हुने अपेक्षाले सामाग्रीहरु वितरण गरिएको सभापति रेग्मीले बताए ।
नेता थानिले कोरोना महामारी रोक्नका लागि सबै नेता कार्यकर्तालाई आ आफ्नो ठाउँमा बाट जनचेतना र प्रचार प्रसारमा जुट्न पनि आग्रह गरे ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले सहयोग कोरोना नियन्त्रणका लागि खर्च गरिने बताए ।
राहत वितरणमा क्षेत्र नम्बर २ सहक्षेत्रिय सभापति नारायण कोईराला, नेता पदमदेव गिरी र ललित भट्रराईलगायत स्थानीय नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः ३० बैशाख २०७७, मंगलवार १८:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *