आमा संर्घष गदैछु

सुजु मगर

आमा आज तिम्रो लागि केही शब्द खर्चिन मन लाग्यो ।
आमा यो सहर आउँदा कति ठुलो रहर थियो, तिम्रो आँखामा खुशीको आँसु अनि ओटमा हाँसो देख्ने ।
तर आमा यो सपना अहिलेसम्म पुरा हुन सकेन् ।
मैले लक्ष्य त्यही बोकेकी रहेछु आमा जुन कहिलै पुरा नहुने ।
तर यहि मात्रै छैन् आमा अरु केही गरेर भएपनि तिमीलाई खुशी बनाउँछु ।
जति तिमीले मलाई विस्वास गरेकी छौ नि आमा त्यो विस्वास सजिलै कँहा तोड्न सक्छु र ?
मैले मेरो लक्ष्य पुरा गर्न धेरै लागि परेकै हो । तर भाग्यमा न भाको चिजलाई जर्बजस्ति गरेर पाइदो रहेनछ ।
जति मैले परिश्रम गरे त्यसको फल पाउन सकिन त्यसैले साह्रै मन जलेर आउँछ ।
यति बेलै मेरो सपना भताभुङ्ग भैदियो झन यसैमा अर्को पीडा थपियो ।
मेरो पीडा उतिकै थियो त्यही हप्ता दिनमै कोरोनाले गर्दा लकडाउन भैदियो ।
यदि लकडाउन न भाको भए अरु केही उपाय खोज्थे होला ?
तर पीडामा पीडा थपियो एकान्तमा बसेर धरधरी रुने गर्छु ।
आमा यदि तिम्रो साथमा भैदेको भए केही कुरा सम्झाउथ्यौ होला ।
मन बुझिन्थ्यो होला तर तिमी टाडा छौ ।
आमा घर आउन पनि पाएन, यो बिरानो सहरमा को नै छ र आमा मेरो ।
किन किन यो छाति भत्भति जल्ने गर्छ ।
मैले तिमीलाई केही न भने पनि तिम्रो मन ले आफै थाँहा पाउदो रहेछ आमा ।
छोरी पीडामा छे भनेर धेरै सम्झाउँछौ फोन गरेर केही न मान भनेर तर आफै आँसु झर्ने गर्छन ।
बेला बेला फोन गरेर खाना खाइस कि नाइ भनेर सोध्ने गर्छो आमा ।
तर म तिमीलाई सधै खुशी देख्न चाहान्छु आमा ।
मैले न खाको दिनमा पनि मिठो स्वरले भन्ने गर्छु, अँ खाए आमा आफ्नो ख्याल गर्नु मेरो पीर न लिनु ।
आमा तिमीसँग फोन गर्दा कहिले नि दुखका कुरा गर्दिन हाँसी हाँसी बोल्ने गर्छु ।
बरु फोन काट्न बितिकै भक्कानिएर रुन्छु ।
कति अभागी म सधै यसरी नै रुनु पर्ला त ? भन्छु फेरि आफै मन बुजाउँछु ।
पीडा त सधै एउटै रहन सक्दैन होला नि ।
घर आउँन त मन थियो आमा तर लकडाउन भन्दा एक हप्ता पहिले मेरो लक्ष्य असफल भयो ।
अनि लकडाउन हुन्छ भन्ने सुनेको थिए तर यति लामो होला भन्ने सोचेको थिइन् ।
बढीमा १०–१५ दिन होला भन्ने सोचे अनि यही बसेर केही गर्छु भने ?
यस्तो पीडाको भारी मन बोकेर घरसम्म जाने आँट पनि आएन आमा ।
मेरो खुशीको लागि तिमीले के सम्म गरिनौ र आमा ?
मेरो इच्छा पुरा नहुँदा त मेरो जिन्दकीमा आँधीहुरी, तुफान आए जस्तै भयो आमा ।
यस्तो लाग्ने गर्छ कि आफ्नै छातीमा छुरा हानेर मरम ।
तर आमा यति कम्जोर मुटु गरेकि छोरी हैन एउटा इच्छा पुरा नहुदैमा ज्यान फाल्ने ? अरु केहि गर्छु नि आमा ।
ठुलो सपना बोकेर यो सहर छिरेको छु आमा म जसरी पनि लक्ष्य पुरा गर्छु ।
पैसा बिनाको सहर केही काम न हुँदो रैछ आमा न त अ‍ैँचो पैँचो चल्छ न त गाउँ घरको जस्तो दिदिबहिनी बाँडेर खाम भन्न मिल्छ ?
झल्झल्ती गाउँकै याद आउँछ आमा ।
आमा कति दुख, कष्ट, संर्घष गर्यौ हाम्रो लागि धैरै छोरी भए भनेर घर परिवारबाट पनि माया पाइनौ ।
तर आमा छोराले मात्र खुशी र सुख दिन्छन भन्ने छैन ।
आमा म पनि तिम्रो सन्तान हो यति सोचकि मेरो पनि छोरी अरु भन्दा कुनै पनि कुरामा कम छैन ।
अरु छिमेकीको छोरा खाडी मुलुकमा गएर धन कमाउँलान ।
आमा म विदेश जान नसकुला तर आफ्नै देशमा बसेर जसरी पनि तिमीलाई छोराको अभाव महशुस नहुने गराउँछु ।
छ न त भाई पनि छ तर धेरै दिदिको पछि जन्मियो । उस्को लागि भएपनि मैले धेरै संर्घष गर्नु छ आमा ।
म तिम्रो शीरमा हात राखेर यत्ति बाचा गर्छु कि आमा अरु दिदि सानैमा बिहे गरेर अर्काको घरमा गए पनि म छु नि ।
जुन दिन तिमीलाई खुशी पार्ने छु अनि पछि सोचुला मेरो बारेमा ।
म पछि जन्मिए पनि तिम्रो बारेमा धेरै दुखका काहानी सुनेको छु आमा ।
छोरी भनेर हेप्नेहरुलाई देखाउनु छ मैले । त्यसैले म जति सक्छु संर्घष गरिरहेकी छु आमा ।
मनमा कति पीडा छन् ति लेखेर सम्भव छैन आमा ? (मगर काठमाडौमा अध्ययनरत छिन् )

प्रकाशित मितिः २ जेष्ठ २०७७, शुक्रबार २०:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *