राजीवको पहलमा मायाले दिइन् कर्णालीमा करोडको स्वास्थ्य सामाग्री

पदम केसी
काठमाडौ

अमेरिकामा रहेकी स्वार्गिय प्रभाकर शमशेर राणाकी छोरी मायाले कोरोना भइरस विरुद्ध लड्न कर्णालीलाई सहयोग गरेकी छन् ।
उनले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि पूर्व सासद राजीवविक्रम शाहको पहलमा शाहले स्थापना गरेको कुमारी ट्रसमार्फत उक्त सहयोग गरेकी हुन् ।
मायाले दिएको उक्त रकमबाट कर्णाली प्रदेश अस्पतालसहित कर्णाली प्रदेशका सवै जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री किनेर हस्तान्तरण गर्न लागिएको छ ।


मायाले उक्त रकम आफ्ना स्वर्गिय बुवा प्रभाकर शमशेरको नाममा वर्षदिनको पुन्यतिथीको अवसरमा कुमारी ट्रसलाई दिएकी थिइन् ।
उक्त रकमले भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री किनी सकेको र त्यसलाई दुई तीन दिन भित्रै हस्तान्तरण गर्ने शाहले बताए ।
प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटरसहित झण्डै ७० लाख रुपैया र वाँकी अस्पतालाई ३० लाख रुपैयाको स्वास्थ्य सामाग्री प्रदान गरिने छ ।
प्रदेश र जिल्ला अस्पतालहरुसँग आवश्यक समन्वय गरी उनीहरुकै मागको अनुसार स्वास्थ्य सामाग्री खरिद गरिएको बताएको छ ।
उनले भने, यो विशुद्ध समाजसेवा हो, सहयोगलाई कसैले पनि राजनीतिक रुपमा हेर्नु हुदैन् ।
कोरोना भाइरस विरुद्धको लडाइमा यसले सरकारलाई थोरै भएपनि सघाउने विस्वास मायाले गरेको पनि उनले जानकारी दिए ।
समाजसेवाको साथै राजनीतिमा पनि राम्रो छवि बनाएका शाहले विभिन्न समयमा व्यक्तिगत खर्चमा सुत्केरी हुँन नसक्दा ज्यान जोखिममा परेका गर्भवती महिलाको हेलिकप्टेरमा उद्धार गर्नेदेखि झाडापखालाको समयमा औषधी, पश्चिम जाजरकोटमा अस्पताल भवन निर्माण, केही समयअभि जाजरकोटका सवै स्थानीय तहलाई सर्जिकल बेडजस्ता थुप्रै सहयोग गरेका छन् ।
कुमारी ट्रसलाई दिएको उक्त रकम आफुले कोरोना भाइरस विरुद्ध लडनको लागि कर्णालीबासीको सुविधाको लागि खर्च गर्नु बाहेक अरु स्वार्थ नभएको पनि उनले स्पस्ट परेका छन् ।

प्रकाशित मितिः २ जेष्ठ २०७७, शुक्रबार २०:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *