पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहीन

downloadफ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहीन  भएको छ।  इजिप्ट एयरले बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको जनाएको छ। स्थानीय समय अनुसार राति पौने तीन बजे जहाज कायरोको राडारसँग सम्पर्क विच्छेद भएको थियो। जहाजमा ५९ यात्रु र १० चालकदलका सदस्य रहेको बताइएको छ।
जहाज त्यहाँको समयअनुसार ११ बजेर ९ मिनेटमा कायरो उडेको थियो। एमएस ८०४ उडान नम्बर रहेको उक्त जहाज ३७ हजार फिटमामाथि उडिरहेको थियो। खराब मौसममा पुगेपछि जहाजको सम्पर्क टुटेको हुनसक्ने आशंका गरिएको छ। जहाज खाेजीका लागि टोली खटिइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मितिः ६ जेष्ठ २०७३, बिहीबार ०५:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *