कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। उनी सिन्धुपाल्चोककी सुत्केरी महिला हुन्।
कोभिड-१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो।
उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए।
घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको बताइएको छ।
उनको घाँटीबाट सङ्कलित नमुना काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो।
शनिवार उक्त प्रयोगशालले उनमा कोरोनाभाइरस सङ्क्रमण रहेको पुष्टि गरेको हो।(बीबीसीबाट )