नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५८४

नेपालमा शनिवार अपराह्ण थप ३६ मा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यसअघि शनिवार बिहान मन्त्रालयले थप ३२ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।

शनिवार थपिएका ६८ जनापछि नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार शनिवार सङ्क्रमण पुष्टि भएकामा बाँकेका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना र झापा तथा बर्दियाका एक-एक जना रहेका छन्।

शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणाका लागि शुक्रबार नेपालगन्ज पठाइएको थियो ।

बराहताल गाउँपालिकाका २ जना र चाैकुने गाउँपालिकाका एक जना गरी ३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।कर्णाली प्रदेशमा ४ जनामा कोरोनाना पोजेटिभ देखिएको छ ।

हाल देशभरि गरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन्।

आइसोलेशनमा ५ सय ८ जना रहेका र ७० जना निको भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः १० जेष्ठ २०७७, शनिबार १६:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *