फौजी किराले मकै नष्ट, मर्कामा किसान

पदम केसी
जाजरकोट
फौजी किराले मकै नष्ट गर्न थालेपछि जाजरकोट लहँका किसान चिन्तित बनेका छन् । भर्खरै उम्रिदै गरेका मकैमा फौजी किरा लागेपछि आफुहरु समस्यामा परेको उनीहरु बताउँछन् ।
लगातार पानी परेकोले हिउँदे बाली गहुँ जौ, राम्रोसँग भित्याउन नपाएका उनीहरु अहिले थप मर्कामा परेको छन् ।


फौजी किराले मकै बाली सखाप पार्न थालेपछि रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ताले सताउँन थालेको किसान टोपबहादुर खत्री बताउँछन् ।
भित्याउदै गरेको गहूँबाली पनि अनिसाले फाल्यो, उनी भन्छन, भर्खर उम्रिन लागेका मकैजति किरा खान लाग्यो कसरी जीवन धान्ने ?
फौजी किरा नियन्त्रणको गर्न उनीहरुले सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन् ।

प्रकाशित मितिः १२ जेष्ठ २०७७, सोमबार १४:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *