एसइईका विद्यार्थी मर्कामा

पदम केसी
कोरोना भाइरसले विश्वालाई नै आक्रान्त बनाएको बेला जाजरकोटका एसइई दिने बिद्यार्थीहरु चिन्तामा परेको बताउँछन् ।
पढाइ हुन नसकेर पढेका कुराहरु पनि विर्सन थालेको भन्दै उनीहरु न त रेडियो, न त अनलाइन कक्षा नै हुने भएकोले पनि थप समस्या परेको बताउँछन् ।
नलगाड ४ लहँमा रहेको भानुभक्त माध्यामिक विद्यालयका विद्यार्थी नरेन्द्र रावल भन्छन, अब कसरी पढ्ने हो ? न त फोन गरेर सरहरुबाट केही जानकारी लिन सकिन्छ ? न त अरु केही उपाय नै छन् ।
लकडाउन बढ्दै गयो भने आफुहरुको पढाई निकै प्रभावित हुने भएकोले सयममै सोच्न उनीहरुले सम्वन्धीत निकायको ध्यानाकर्षण पनि गरेका छन् ।

प्रकाशित मितिः १८ जेष्ठ २०७७, आईतवार १२:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *