कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको संख्या १६६ पुगेको छ ।
जुम्लामा दुईजना प्रहरीसहित १९ जना र दैलेखमा २४ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आइतवार राती विज्ञप्ती मार्फत जनाएको छ ।
परीक्षण गरिएका मध्य जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिंजा गाउँपालिकाका ९ जना र प्रहरी २ जना रहेका छन् ।
कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईना खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
दैलेखका २४ जनामा थप पोजेटिभ देखिएको छ ।
कहाँ कति ?
कर्णालीका कुल संक्रमित संख्या : १६६
दैलेख : ७२
सुर्खेत : २९
सल्यान : २५
जम्ला : १९ दुई जना प्रहरी पनि
कालिकाेट : १८
मुगु : १
कर्णालीमा मृत्यु १ (दैलेख)
अन्य : २ (बाजुरा र बझाङ (कर्णालीमा परीक्षणका क्रममा पाेजेटिभ)