वडाध्यक्ष रावल भन्छन- विपन्नलाई २० दिन काम दिन्छौं

पदम केसी
नलगाड नगरपालिका वडा नम्वर ४ ले लकडाउनको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको जनाएको छ ।
वडा नम्वर ४ का वडाध्यक्ष लक्ष्मीबहादुर रावलले आर्थिक अवस्था कम्जोर भएका र रोजगार गुमाइएका व्यक्तिलाई काम दिने बताए ।


उनले आफ्नो वडामा गोरेटो बाटो बनाउनको लागि उनीहरुलाई काम दिने पनि बताए । कामदारहरुले दैनिक ६५० रुपैया पाउँनेछन् । सामाजिक दुरि कायम गर्ने बताए छ ।
काम सकिएपछि कामदारको खातामा बैंक मार्फत पैसा भुक्तानी गरिने जानकारी पनि उनले दिए ।
सरकारले गतबर्षदेखि बेरोजगारहरुलाई १०० दिनको काम दिने गरी प्रधानमंत्री रोजगार कार्यक्रम ल्याएको थियो ।
लकडाउनले गर्दा यसपाली १०० दिन रोजगार दिन नसकिने पनि अध्यक्ष रावलले बताए ।

प्रकाशित मितिः १९ जेष्ठ २०७७, सोमबार १२:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *