१२० वेडको क्वारिन्टीन बनाउँदै नलगाड नगरपालिका

पदम केसी
जाजरकोट
नलगाड नगरपालिकाले दल्लीको त्रिभुवन माध्यमिक बिद्यालयमा क्वारिन्टीन बनाउँने जनाएको छ ।
बाहिरबाट आएका नलगाडबासीलाई राख्नको लागि १२० वेडको क्वारिन्टीन बनाउन लागेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख टेकबहादुर रावलले अहिले ५९ जनालाई नगरपालिकाले क्वारिन्टीनमा राखेको बताए । उनले मान्छेहरु थपिएसँगै वेडसंख्या पनि थपिने जानकारी दिए ।
स्वाव संकलन गरी प्रदेश अस्पताल पठाउने बताउँदै उनले वाहिरबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारिन्टीनमा राख्ने तयारी नगरपालिकाले थालेको नेकपाका नेता प्रशान्त शर्माले बताए ।

प्रकाशित मितिः २० जेष्ठ २०७७, मंगलवार १२:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *