कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि,कुल संक्रमित ३८४

कर्णाली प्रदेशमा एकै दिन १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीवार १ सय ६ जनामा   पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएकामा एक सय ५ जना दैलेखका छन् भने एक जना मुगुका हुन् ।

दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन्। देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १  छन्।

मुगुको खत्याडका अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।

यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमित संख्या ३ सय ८४ पुगेको छ ।

प्रकाशित मितिः २२ जेष्ठ २०७७, बिहीबार १५:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *