राउटेलाई खाद्यान्न सहयोग

लकडाउनले गर्दा खाद्यान्न संकट भोगिरहेका ४६ घर राउटे समुदायलाई युवा समाजसेवी मिलन विसीको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।


समाजसेवी पावल गुरुङ र हिरासिं सुनारलगायतले राउटे समुदायलाई खाद्यान्न सहयोग गरिएको हो ।
हामी सबै जना बाचौ र बचाऔ भन्ने सोचका साथ लकडाउनका कारण भोकभोकै बस्नु पर्ने अवस्थामा पुगेका राउटे समुदायलाई दाल चामल, तरकारीलगायत प्रदान गरिएको पहलकर्ता विसीले बताए ।


लेकबेसी नगरपालिका १० चन्द्रपुर खोलामा बस्दै आएका राउटेबस्तीमै पुगेर सोमवार राहात प्रदान गरिएको थियो ।


उक्त काममा जीवन देवकोटा, आशिष खत्री, दिनेश नेपाली, रत्न राना, भुपेन्द्र खडका, उदिराम सार्कीलगायतले पनि अमुल्य साथ र सहयोग गरेको पनि मिलन विसीले बताए ।तस्वीरहरु मिलन विसीको फेसबुकबाट

प्रकाशित मितिः २७ जेष्ठ २०७७, मंगलवार ०६:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *