बर्षेनी बाढीको सास्ती खेप्दै नलगाडबासी

पदम केसी
जाजरकोट
जाजरकोट नलगाडका किसानले बर्षेनी बाढीबाट हुने ठुलो क्षेती बेहोर्दै आएका छन् ।
गाउँगाउँमा डोजरको प्रयोग गरेर सडक खन्दा र थुप्रीएको माटोको कारण बर्षाको समयमा बढी आउने गरेको छ ।
बातावरणिय प्रभाव मुल्यांकन नगरी जथाभावी रुपमा सडक खन्दा बर्षेनी बाढीको समस्या खेप्नु परेको स्थानीय राजेन्द्र  खड्काले बताए ।


सम्भाबित बाढीबाट हुने क्षेती कम गर्नको लागि स्थानीय सरकारले पूर्व तयारी गर्नुपर्ने उनी बताउँछन् ।
दुई बर्षअघि झुम्रे खोलामा आएको बाढीले किसानका घर, पसल, मिल, घट्टहरुको साथै सयौ रोपनी खेत पनि बगाएको थियो ।
बाढीले केही पुलहरु बगाउनुको साथै साङ्टा खेत, कैन, ओरख्याल, सिस्नेरी, बागमारे, सादनमुरा, गुहारा, रानीखेतका सयौ मुरी उत्पादन हुने खेत बगरमा परिणत गरेको थियो ।
लहँका चन्द्रबहादुर रावल सडक खन्दा बिचार गरेर मात्र डोजर प्रयोग गर्दा बाढीबाट जोगिन सकिने बताउँछन् ।
नलगाड नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीबहादुर रावल बाढीबाट क्षेती हुन नदिन सचेत रहेको दावी गर्छन् ।

प्रकाशित मितिः २७ जेष्ठ २०७७, मंगलवार १२:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *