राहातको आशमा सर्वसाधारण

पदम केसी
जाजरकोट

जाजरकोट नलगाड नगरपालिका -४, का बासिन्दाले लकडाउनमा प्रयाप्त राहात नपाएको गुनासो गरेका छन् ।
स्थानीय भागन्त सार्कीले राहातको नाममा पाएको १५ केजी चामल एक हप्ता भित्रै सकिएको बताए ।
उनले दोश्रो चरनको राहातको आस गरेपनि अहिलेसम्म नपाएको गुनासो गरे ।  उनले भने, लकडाउन लम्बिदै गए पछि साँझ बिहान छाक टार्न कठिन भैइरहेको छ ।
यता वडाले भने परिवार संख्याको आधारमा कतिपयलाई १५ केजी चामल, एक केजी दाल, एक पोका नुन तथा कतिपयलाई ३० केजी चामल, ३ केजी दाल, २ पोका नुन, २ लिटर तेल र चिनी दिएको दावी गरेको छ ।
बडाबासीले भने राहात वितरणमा विभेद गरेको, राहातको नाममा आएको चामल किन्नु परेको, दोस्रो चरणको राहात नभएको आरोप लगाएका छन् ।

प्रकाशित मितिः २७ जेष्ठ २०७७, मंगलवार १३:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *