पिपिई नहुँदा जोखिममा स्वास्थ्यकर्मी

पदम केसी
जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका -४, मा लहँमा रहेको स्वास्थ्य चौकीमा व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) नहुँदा आफुहरुले असुरक्षित महशुस गरिरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा खटिएको भएपनि अहिलेसम्म पिपिई उपलब्ध नभएको स्वास्थ्यचौकीका इन्चार्ज भुपेन्द्रराज गिरीले बताए ।


बिरामी उपचार गर्दा जोखिम अनुभूति हुने गरेको उनी बताउँछन् ।
छिमेकी बारेकोट गाउपालिकामा संक्रमन देखिएपछि आफुहरु डराउनु परेको स्वास्थ्यकर्मी बताउँछन् ।
कोरोना बिरुद्धको लडाइ अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मीलाई राज्यले पिपिइ पनि उपलब्ध गराउन नसक्नु लाजमर्दो कुरा भएको स्थानीय बताउँछन् ।

प्रकाशित मितिः २७ जेष्ठ २०७७, मंगलवार १३:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *