कर्णालीमा कोरोनाभाइरस संक्रमतिको संख्या १०७७ पुग्यो

कर्णाली प्रदेशमा सोमवार थप एक सय १० जनामा संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।


सोमवार गरिएको पीसीआर परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जनामा संक्रमण पुष्टि सगै कुल संक्रमितको संख्या १०७७ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए ।
कर्णालीका १ सय ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर अस्पतालबाट घर गएका छन् । कर्णाली प्रदेशमा कोरोनाबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः १ असार २०७७, सोमबार १६:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *