सर्प उद्धारमा सक्रिय युवा बिक्रम भन्छन्, बुवाको प्रेरणाबाट प्रभावित भए

पदम केसी
जाजरकोट
नलगाड नगरपालिका -५, पोखराका १८ बर्षिय किशोर बिक्रम ओलीले दैनिकी सर्पको उद्धारमा वित्ने गर्छ ।
उनका वुवाले पनि पहिले सर्पलाई उदार गर्ने गरेको र पछिल्लो समय छोराले पनि वुवाको सिको गर्न थालेको गाउँले बताउँछन् ।

गाउँलेको घरमा पसेको सर्पलाई सुरक्षित रुपमा उद्धार गदै युवा विक्रम ओली ।

सानैदेखि बुवाले सर्प उदार गरेको देखेका उनी भन्छन्, वुवाले सर्पको पुच्छर समाउदै र खेलाउदै जङ्गलबाट घरसम्म ल्याउनु हुन्थ्यो त्यसबाटै प्रेरित भएर उद्धारमा जुटेको हुँ ।
उनी अहिलेसम्म १० ओटा सर्पको उदार गरिसकेको बताउँछ्न । लकडाउनको समयमा नलगाडका खनटाकुरा, मुली, भण्डारीगाउँ पुगेर सर्पको उद्धार गदै आएका छन् ।
उनी कम बिसालु भएका धामन, सिङगारे, छिरबिरे सर्पको उद्धार गरेको बताउँछन् ।
आफ्नो काममा भाईले पनि सघाउने गरेको उनको भनाई छ ।
सर्पसँग खेल्ने काम निकै जोखिमपूर्ण हुने पनि भन्दै उनी सर्प देख्न वित्तिकै गाउँलेहरुले सर्प धपाउने, मार्ने, ढुङगा हान्ने कामलाई आफुले रोक्दै आएको बताउँछन् ।

गाउँलेले सर्प देख्न वित्तिकै उनलाई वोलाउने गरेका छन् । सर्पको उदार गरेर उनले मानिसहरुको सम्पर्क नहुने सुरक्षित ठाउमा लगेर छोड्ने गरेकका छन् ।
उनी घर वरीपरीको झरहरु काट्ने, फोहर हुन नदिने, झाडीहरु फाडने, घाँस दाउरा काट्दा ध्यान दिने गरे सर्पको टोकाईबाट जोगिन सक्ने उनको भनाई छ ।

प्रकाशित मितिः ३ असार २०७७, बुधबार ०५:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *