पदम केसी
जाजरकोट
नमस्ते र स्काइको टावर नहुदा जाजरकोट नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र पश्चिम रुकुम आठबीसकोट नगपालिकाका बासिन्दा संचार सेवाबाट बञ्चित भएका छन् ।
स्थानीय शेरबहादुर चन्दले पानी पर्न वित्तिकै टेलिफोन सेवा अवरुद्ध भएको बताए ।
टावरको समस्या समाधान गर्न स्थानीय सरकारसँग माग गरे पनि आफुहरुको समस्यालाई वास्ता नगरेको उनिहरु बताउछ्न ।
टावरमा विद्युत नहुँदा र सोलारले धान्नु पर्ने भएकोले बादल लाग्न वित्तिकै फोनले काम गर्न छाड्ने गरेको छ ।
फोन नहुँदा यस क्षेत्रका हजारै सर्वसाधारण वाहिर रहेका आफ्ना आफन्तजनसँगको सम्पर्कबाट टाढा भएको बताउँछन् ।