राउटे समुदायलाई सहयोग जुटाउदै आएका युवा मिलन बिसी

अहिले सुर्खेतको लेकबेसी नगरपालिका -१०, चन्द्रपुरमा रहेका राउटे समुदायलाई चामललगायत खाद्यान्न सहयोग गरिएको छ ।

लामो समयदेखि समाजिक काममा सक्रिय युवा समाजसेवी मिलन बिसी ।

युवा समाज सेवी मिलन बिसीको पहलमा ४६ घर राउटे समुदायलाई चामल, तेल, कपडा धुने, नुहाउने साबुन, मुला, बन्दागोपी जस्ता तरकारी प्रदान गरिएको छ ।

चन्द्रपुरमा रहेका राउटे समुदायलाई चामललगायत खाद्यान्न सहयोग हस्तान्तरण गरिदै ।

लकडाउनको कारण चर्को खाद्यान्न समस्या भोग्दै आएका राउटे समुदायलाई उक्त सहयोगबाट ठुलो राहात भएको छ ।
परमेश्वरले हामी सबैलाई प्रेम गर्नु हुन्छ र हामी पनि सबै जातिलाई प्रेम गर्छौ भन्ने उदघोषका साथ मन्डली परिवारले समस्यामा परेका वर्ग र समुदायलाई सहयोग गदै आएको विसीले बताए ।

चामल बोकेर राउटे बस्तीतिर जादै समाजसेवी मिलन बिसीलगायतका युवाहरु ।

पावल गुरुङ, हिरा सिह सुनारलगायतले राउटे समुदायलाई राहातको लागि सहयोग गरेका थिए ।


कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनमा सबैको घरमा खान पुगेको, बालबालिकाहरुलाई समस्या नहोस भन्ने उदेश्यका साथ सहयोग गरिएको पनि समाजसेवी बिसीले बताए ।


उक्त राहात वितरण कार्यमा देवनारायण शर्मा, कबिराज नेपाली, आशिष खत्री, चेतन घर्तीले सक्दो साथ र सहयोग गरेको बताइएको छ ।


यसअघि पनि समाजसेवी बिसीकै पलह र अगुवाईमा राउटे समुदायलाई खाद्यान्न सहयोग गरिएको थियो ।

तस्वीरहरु मिलन बिसीको फेसबुकबाट

प्रकाशित मितिः ७ असार २०७७, आईतवार ०४:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *