यि हुन कारागार चलान हुने सोती घटनाका २३ जना आरोपितहरु

गत जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिमको सोती गाउँमा जाजरकोटका ६ जना युवाले ज्यान गुमाएको घटनामा प्रतिवादी बनाइएका ३४ जना मध्ये २३ जनालाई जनालाई जिल्ला अदालत रुकुम पश्चिमले पूर्पक्षको लागि थुनामा राख्ने ओदेश दिएको छ ।
घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जनाकारी दिए । साथै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश अदालतले दिएको छ ।
उक्त घटनाका पाँच जना प्रतिवादी अझै फरार छन भने दुई जना नावालकलाई भने बाल इजलासको आदेशबाट यसअघि नै सुधार गृहमा पठाइएको छ ।
चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।
शुक्रवारदेखि सुरु भएको थुनछेक बहस बुधवार सकिएपछि तत्काल प्राप्त प्रमाणको आधारमा जिल्ला न्यायधिश विद्याराज पौडेलको एकल इजलासले २३ जनालाई जनालाई पूर्पक्षको लागि थुनामा राख्न र एक जनालाई एक रुपैया धरौटीमा, ३ जनाल साधारण तारिखमा छाडने आदेश दिएको अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले बताए ।
उनीहरुमाथी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव सम्वन्धी कसुरमा सजायको माग गदै जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले जेठ ३२ गते मुद्दा दर्ता गरेको थियो ।
उनीहरु मुद्दा किनारा नलागुन्जेल थुनामै रहने र उक्त आदेश चित्त नबुझेमा उच्च अदालत जान पाउने पनि बोहराले बताए ।
वादीको तर्फबाट ५ जना सरकारीसहित २५ जना कानुन व्यवसायी र प्रतिवादीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए ।
घटनामा प्रतिवादी बनाइएका दुई जना नावालकलाई भने बाल इजलासको आदेशपछि बालिकालाई भक्तपुर र बालकलाई नेपालगंजको सुधार गृहमा पठाइएको छ ।
कारागार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ ९१० र ९३० तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको श्रेष्तेदार बोहराले बताए ।

इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।
फरार अभियुक्तको रुपमा रहेका पाँच जनाको हकमा भने उनीहरु अदालतमा उपस्थीत भैइसकेपछि मात्रै थुनछेक प्रक्रिया अघि बढने जिल्ला ज्याधिवक्ता केशवराज चपाईले बताए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा आफ्नी ‘उच्च जातीय प्रेमिकाको घर जाने प्रयत्न गर्दा नवराज विकसहित उनका ६ साथीहरुले ज्यान गुमाएका थिए ।
घटनामा ज्यान गुमाउने मध्ये चार जना दलित र दुई जना गैरदलित हुन ।

प्रकाशित मितिः ११ असार २०७७, बिहीबार १०:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *