सडक भाषिदा नलगाडका बगर र मन्मैबस्ती उच्च जोखिममा

पदम केसी
जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका -८, को मन्मैदेखि जिकुवा जोडने सडक खण्डको तल्लो सिमामा सडक भाषिदा बगारा बजार र मन्मैमा जोखिम बढेको स्थानीयले बताएका छन् ।
उक्त सडक खण्डको दुई सय मिटर जाति सडक चिरा परेको छ भने कतिपय ठाउँमा पहिरो समेत गएको स्थानीय नारायण शाहीले जानकारी दिए ।
केही दिनदेखि लगातार रुपमा भैइरहेको बर्षाले गर्दा सडक भाषिता कतिपय बासिन्दा आफ्नो घर समेत छाडेर अन्यत्र जान बाध्य भएको पनि उनले बताए ।
कुनै पनि बेला जोखिम बढन सक्ने भन्दै सचेत रहन उनले गाउँलेहरुलाई आग्रह पनि गरेका छन् ।

सडकलाई भाषिण नदिन र पहिरो रोकथाम गर्नका लागि तत्काल कदम चाल्न पनि गाउँलेले स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः १३ असार २०७७, शनिबार १३:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *