मिलनको पहलमा बाढी पीडितलाई खाद्यान्न सहयोग

सुर्खेतको भेरीगंगा नगरपालिका-१२, पाडुले हटारुखोलामा रहेका बाढी पीडितलाई युवा समाजसेवी मिलन बिसीको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।
कोभिड १९ महामारीको समयमा हामी बाचौ र अरुलाई पनि बचाउ भन्ने स्वच्छ भावना राखेर सहयोग गरिएको उनले बताए ।
उनी भन्छन्, कसैले पुगेर दिन्छन् तर हामीले भने अभावबाटै सहयोग जुटाएइर समस्यामा परेका मानिसलाई सहयोग गरिरहेका छौ ।
उक्त खाद्यान्न जुटाउनको लागि डेभिड प्रिन्स, कमल थापा, पावल गुरुङ, कबिराज तिमोथि नेपाली, देवनारायण शर्मा, आशिष खत्री, पुर्ण सेजुवाल र लक्ष्मण बिकले महत्वपूर्ण सहयोग गरेका थिए ।

२०७१ सालको साउन अन्तिम साता आएको बाढीबाट विस्थापित भएर हटारु खोलामा बस्दै आएका उनीहरुलाई जिरा मसिनो चामल, दाल, तेल, नुन, साबुन दिइएको पनि युवा समाजसेवी मिलनले बताए ।

मिलनकै पहलमा यसअघि राउटे समुदायलाई पनि पटक पटक खाद्यान्न लगायतको सहयोग गरिएको थियो । उनी सानैदेखि समाज सेवामा निकै सक्रिय छन् ।

प्रकाशित मितिः १६ असार २०७७, मंगलवार ०६:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *