डाँडागाँउका युवाले व्यक्तिगत खर्चमा सडक बनाए

पदम केसी
जाजरकोट
जनप्रतिनिधीले वेवास्था गरेपछि जाजरकोटको डाँडागाउँका युवाहरु आफैले व्यक्तिगत खर्चमा सडक निर्माण गरेका छन् ।

राजकुमार केसी

आफ्नो गाउँ ठाउँको विकासको लागि आफैले पनि केही योग्दान दिनुपर्छ भनेर व्यक्तिगत खर्चमा सडक खनेको नलगाड नगरपालिका २, डाडाँगाउँका युवाहरुले बताए ।

बालकृष्ण गौतम

विभिन्न पेशा र व्यवसायमा संलग्न उनीहरुले रिजादेखि चैतेकाफल, शिर्पाखोला, कुईयाकाँडा र गढी जोडने सडक निर्माण गरेका हुन ।

गणेश केसी

उक्त सडकबाट गढी, कुइँयाकाँडा, रुमली, शिर्पाखोला, फल्याखारा, मष्टखारा, गौरीखोलाका बासिन्दालाई आवतजावत गर्न निकै सुविधा भएको छ ।

यज्ञप्रसाद गौतम

युवाहरुको लगानीमा खनिएको उक्त सडक एक हजार ५० मिटर लामो, ७ मिटर चौडा र पौने ८ मिटर उचाई रहेको छ ।

बलराम जैसी
प्रताप जैसी
रमेश केसी

राजकुमार केसी, गणेश केसी, बालकृष्ण गौतम, लोकेन्द्र केसी, रामबहादुर केसी, रमेश केसी, यज्ञप्रसाद गौतम, बलराम जैसी, रविलाल खत्री, प्रताप जैसीलगायतका युवाहरुले झण्डै १० लाख रुपैया बराबरको सडक निर्माण गरेको छन् ।
गाउँलेहरु भन्छन्, स्थानीय सरकारले गर्न नसकेको काम युवाहरुले गरेर देखाई दिए ।
आफ्नो गाउँको विकासको लागि सधै सरकारको मुखताक्नु भन्दा आफैले पनि केही गर्नुपर्छ भन्ने सन्देश दिन व्यक्तिगत खर्चमा सडक खनेको युवाहरु बताउँछन् ।

रामबहादुर केसी

उनीहरु भन्छन्, सबै गाउँलेलाई फाइदा हुने गरी सडक बनाउँ भन्दा जनप्रतिनिधीले वेवास्था गरेपछि आफ्नै लगानीमा सडक बनायौ ।

लोकेन्द्र केसी
रविलाल खत्री

सकारात्मक सोचाई भएका युवाहरुलाई आफुहरुले आगामी दिनमा हरेक काममा साथ दिने पनि गाउँलेहरु बताउँछन् ।
गाउँल भन्छन, युवाहरुले पहल नगरेको भए हाम्रो टोलमा सडक पुग्ने थिएन्, उनीहरुले हाम्रो लागि राम्रो काम गरिदिए ।
युवाहरु पनि गाउँलेहरुको साथ, सहयोग र समर्थनले अघि बढने हौसला मिलेको दावी गर्छन ।

प्रकाशित मितिः २१ असार २०७७, आईतवार १५:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *