सुर्खेत
ओष्टेओमाईटिस रोगबाट पीडित सुर्खेत पन्चपुरी नगरपालिका १० चाम्रिका १५ बर्षिय चन्द्र राजीको उपचारमा सहयोग जुट्न थालेको छ ।
आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. शुभ श्रेष्ठको आग्रहमा हाम्रो अनलाईन टिभिले आर्थिक सहयोग जुटाउन थालेको छ ।
आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको थाहाँ पाएपछि समाजसेवी तथा सफल व्यवसायी पदम खड्काले १५ हजार रुपैया सहयोग गरेका छन् ।
यस्तै लायन्स क्लव अफ सुर्खेत सेरोफेराले २० हजार, सुर्खेत महिला जेसिसले १० हजार, वोहरा फार्मेसि संचालक विनोद वोहराले ५ हजार, गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले १० हजार रुपैया सहयोग गरेको सामाजिक अभियन्ता प्रेम विसीले बताए ।
राजीको उपचारको लागि अहिलेसम्म ६० हजार रकम भएको पनि जानकारी दिए ।
व्यक्ति र संस्थाले गरेको सहयोग रकम उनीहरुकै हातवाट ओष्टेओमाईटिस रोगबाट ग्रसित राजीको घरपरिवारलाई दिइने हाम्रो अनलाईन टिभिले बताएको छ ।
दुवै खुट्टाको हड्डी पाक्ने रोगबाट पीडित राजी तीन सातादेखि प्रदेश अस्पतालको आइसियुमा भर्ना भएर उपचार गरिरहेका छन् ।
उनलाई अस्पतालले आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पतालले गरिदिएको निर्देशक डा डम्बर खड्का बताए ।
दुई वटा माइनर अप्रेसनहरु गरिसकेको, औषधीहरु महङ्गो पर्ने र पुरै उपचारको लागि अस्पतालले खर्च व्यहोर्न नसक्ने भएकोले आर्थिक भए आइसोलेसनमा राखेर उपचार गर्न दुई महिनाजति लाग्ने पनि निर्देशक खड्काले बताए ।
हाम्रो अनलाईन टिभि हेर्न यो लिंक क्लिक गर्नुहोला ।
https://www.youtube.com/c/HamroOnlineTVNepal